प्रदिप पौडेल पोखरा, असोज ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्तको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मुख्यमन्त्री भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनलाई निम्तो गरिएको हो । गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अर्गानिक कृषि उत्पादन, हाईड्रो र सोलार…