काठमाडौं, फागुन २९ । संघीयता कार्यान्वयनमा आएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा सबैतिर आयो । स्थानीय सरकार बनेपछि गाउँ–गाउँ र टोल–टोलमा सिंहदरबारको अधिकार पुगेको पनि करिब दुई वर्ष हुन आँटेको छ । तर, स्थानीय सरकारहरु बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध कठोर हुनुपर्नेमा जनप्रतिनिधि आफैं अनियमितताका कारक बन्न थालेपछि गाउँ–गाउँमा भ्रष्टाचार बढ्न थालेको छ । स्थानीय सरकारका पदाधिकारीहरु…