Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


पोखरा महानगरमा कांग्रेसनिकट जनप्रतिनिधिले लगाएको ताला खुल्यो

पोखरा, असार १३ । पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट नेपाली कांग्रेसनिकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्तासँगै जनप्रतिनिधिले पोखरा महानगरपालिका कार्यालयमा गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागतरुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्नसकिने सहमति भएपछि ताला खोलिएको हो । बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै ‘रेडबुक’ च्यातेका थिए…