
विराटनगर । सात वटा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको भेला १० बुँदे साझा धारण तय गर्दै आज(शनिबार) विराटनगरमा सम्पन्न भएको छ ।
प्रदेश नं १ को राजधानी विराटनगरमा भएको छलफलमा प्रादेशिक शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक कानूनी व्यवस्था, नीति लगायतका विषयमा सातै प्रदेशका गृहमन्त्रीहरु सहमत भएका हुन् ।
प्रदेश प्रहरीको संचालनमा प्रदेश सरकारको नेतृत्वदायी भूमिका कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्नुपर्ने लगायतका विषयमा छलफलले निष्कर्ष निकालेको छ ।
प्रदेश १ मा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकार मातहतको प्रदेश प्रहरी आवश्यक रहेको र सोही अनुसार संघ सरकारले कानून निर्माण गरी प्रदेश प्रहरी गठनको बाटो खोल्न आवश्यक रहेको बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र न्यायाधिवक्ता तथा सुुरक्षा प्रमुुखहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्