काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उपमहाप्रबन्धक आरपी मैनालीले जानकारी दिए । उनले भने–‘छातीमा समस्या देखिएपछि उहाँ (उपप्रमुख खड्गी) अस्पताल भर्ना हुनुभएको…