नुवाकोट, असार २५ । नुवाकोटको लिखु गाउँपालिका–२ का दुईजना स्थानीयले वडा कार्यालय निर्माणका लागि ३२ लाख रुपैयाँ बराबरको जग्गादान गरेका छन् । लिखु गाउँपालिका–२ का सन्जीव लामिछाने र रामकृष्ण नेपालले एक/एक रोपनी जग्गादान गरेका हुन् । अहिले वडा कार्यालय बसेको ठाउँ साँघुरो र वडा नम्बर–२ का बासिन्दालाई अपायक परेको भन्दै आफूले जग्गादान गरेको लामिछानेले बताए…