
बझाङ । बझाङको साइपाल गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ ।
हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको छ ।
पशु चौपाया समेत गोठमा नै थुनिएका छन् । एक गाँउबााट अर्को गाँउसम्म जान सक्ने अवस्था नरहेको स्थानीय बसन्त बोहोराले बताए ।
स्थानीय विद्यालयहरु पनि बन्द गर्नुपर्ने अवस्था आएको छ ।
गाउँपालिका भित्र रहेका दुईवटा मावि, एकवटा निमावि, दुईवटा प्रावि र तीन वटा शिशु गरी आठवटा विद्यालय बन्द गर्नुपर्ने भएको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।
लगातार परेको हिमपातका कारण जनजीवन अस्तब्यस्त भएको छ ।
सुर्मा, छविसपाथिभेरा, खप्तड छान्ना, गाँउपालिकाका केही ग्रामीण बस्तीहरुमा पनि निरन्तर भइरहेको स्थानीय बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्