
भद्रपुर, पुस १६ । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ ।
दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मंगलबार साँझ बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
उनको बुधबारै देउनिया खोलामा दाहसंस्कार गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्