पोखरा, पुस २५ । गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न…