धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा र न्यानो कपडा वितरण गरेको छ । शहीदभूमि गाउँपालिकाले ८५ वर्ष उमेर माथिका करिव १ सय ७० जनालाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको हो । साथै प्रत्येक ज्येष्ठ नागरिकलाई एक/एक थान ब्लाङ्केटसमेत प्रदान गरेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाका अध्यक्ष…