५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


तिनै तहको सरकारले काम गर्न नसके संघीय प्रणालीको दुर्भाग्य हुने : मुख्यमन्त्री राई


0
Shares

विराटनगर, पुस २८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तिनै तहको सरकारले जनताको चाहाना र आकाँक्षा अनुसार प्रभावकारी रुपमा काम गर्न नसके संघीय प्रणालीसँगै प्रदेशको लागि दुर्भाग्य हुने बताए ।

विराटनगरमा सोमबारदेखि शुरु भएकोे तेश्रो प्रदेश समन्वय परिषदको बैठकको उद्घाटन गर्दै उनले संघीयता विरोधीहरु निकै सल्बलाएकाले जनप्रतिनिधिहरुले अधिकार प्रयोग गर्दा गम्भीर र संवेदनशील हुर्नुपर्नेतर्फ सचेत गराए ।

बैठकमा प्रदेश १ का मन्त्रीहरु, प्रदेश सांसदहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको छ ।