
धनुषा, पुस २८ । प्रदेश नम्बर–२ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५, श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ ।
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सो रकम दिने निर्णय गरेको बताए ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा संलग्न अभियुक्तमाथि कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।
मुख्य न्यायाधिवक्ता झाले भने–‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको माग–दाबी गर्ने वातावरण बनेको छ ।’
उनले चुरेको दोहन नियन्त्रण हुनेगरी प्रदेश वातावरण कानुनको मस्यौदासमेत तयार भएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्