धनगढी, पुस २७ । सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६ गते आह्वान भएका सन्दर्भमा हालसम्म भए गरेका कार्यबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘यु ट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेशसभा बैठक सञ्चालनका गतिविधिको…