
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा आर्थिक अपारदर्शिता बढेको छ ।
वडाबाट छनौट भएका योजना नगरसभाबाट पास नभइ नगरपालिकाले योजना सम्पन्न भइ भुक्तानी दिएपछि नगरपालिकाको ऐन नीति नियमविपरितको रहस्य बाहिर आएको हो ।
अमरगढी नगरपालिका–७ का दुई योजनाहरु नगरसभाबाट पास नभए पनि योजना सम्पन्न भएको देखाएर पाँच लाख बराबरको एउटा सडक र अर्काे गारेटो बाटो मर्मतमा ५० हजार बराबरको काममा करिब साढे पाँच लाख रकम भुक्तानीसमेत भएको छ ।
वडा अध्यक्षले नीति नियम मिचेर आफूखुसी योजना बनाएको भन्दै निर्वाचित वडा सदस्यहरुले योजनाहरुमा हस्ताक्षर गरेका छ्रैनन् ।
तर पनि यी दुई योजना सम्पन्न भएको भनेर भुक्तानी गरिएको छ ।
यता नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले पास नभएको योजना र काम रोकिने बताए पनि योजना पास नभएको पछि थाहा भएकाले दुई वटा योजना सम्पन्न गरी भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले जानकारी दिए ।
वडा अध्यक्ष र वडा सदस्यहरु विचको विवाद मिलाउन छलफलका लागि बोलाइएपछि वडा अध्यक्ष सम्पर्कमै नआउने भएकाले यस विषयमा वडा सदस्यहरुले पटकपटक कार्यपालिका बैठकदेखि नगरप्रमुख उपप्रमुखलाई जानकारी गराउँदा पनि वास्ता नगरी योजना सम्पन्न गरेको भुक्तानी गरिएको श्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्