
-मानबहादुर वली/ईमेज
सुर्खेत । संसद बैठकका लागि पर्याप्त कार्यसूची नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला हुन गएको छ । सुरुवातमा निकै आक्रामक बनेको संसद पछिल्ला दिनमा सुस्त बन्दै गएको हो ।
कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन गत असोज १० गते अन्त्य भएको थियो । बर्षे अधिवेशन अन्त्य भएको ३ महिना वित्दा समेत पर्याप्त कार्य सूची नहुुँदा हिउँदे अधिवेशन शुरु हुन सकेको छैन ।
संसद अधिवेश ढिला हुुँदा सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा विकास योजना अनुुगमन गर्ने अवसर त मिलेको छ तर प्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुुन निर्माणमा भने ढिलाई भएको छ ।
सरकारले संसद आह्वान नगर्नुमा प्रदेश सरकारको निस्क्रियता रहेको विपक्षी दलका सांसद एवम सार्वजनिक लेखा समितिका सभापति दिनवन्दुु श्रेष्ठले आरोप लगाए ।
समयमै अधिवेशन आह्वान नहुने, अधिवेशन चलिरहँदा पनि नियमित बैठक नबस्ने र बैठकका लागि आवश्यक बिजनेस नहुँदा संसद्को सक्रियता घट्दो छ ।
संसदको गति सुस्ताएपछि विपक्षी सांसदले मात्र होइन, सत्तारूढ सांसदले नै संसद्लाई ओझेलमा पार्न खोजिएको भन्दै सरकारको विरोध गरेका छन् ।
संसद प्रभावकारी बनाउने विषय सरकारमा भर पर्ने भन्दै सभामुख राजबहादुर शाहीले आफूले चाहेर मात्र केही गर्न नसक्ने बताउँछन् ।
सुरुवातमा निकै आक्रामक बनेको संसद् पछिल्ला दिनमा सुस्त बन्दै गएको छ ।
पहिलो वर्षमा डेढ दर्जनभन्दा बढी कानुन निर्माण गरेको प्रदेश संसद्ले हालसम्ममा विभिन्न ३२ वटा विधेयक मात्र पारित गरेको छ ।
हरेक निर्णय सर्वसम्मत गर्दै आएको संसद्को गति सुस्त हुनुले सरकारको निस्क्रियता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्