
हेटौंडा, पुस १५ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाईका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् ।
हेटौंडामा मंगलबार भएको कार्यक्रममा उनले पार्टी एकीकरणका बाँकी काम पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।
सो अवसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्