२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


शंकराचार्यद्वारमा पञ्चमुखी शिवलिंग स्थापना


0
Shares

वीरगन्ज, फागुन २० । वीरगन्जको शंकराचार्यद्वारमा भगवान् पशुपतिनाथस्वरुपको पञ्चमुखी शिवलिंगको स्थापना गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दर्यीकरण गर्ने उद्देश्यले शिवलिंग स्थापना गरिएको हो ।

वैद्धिक मन्त्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले शिवलिंगमा प्राण–प्रतिष्ठा गरेका थिए ।

नगरप्रमुख विजयकुमार सरावगी र नेपाल–भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवं वीरगन्ज महानगरपालिकाका सद्भावनादूत अशोक वैद्यले सोमबार संयुक्तरुपमा शिवलिंगको अनावरण गरे ।

स्थापना गरिएको शिवलिंगमा ‘फाउन्टेन लाइट’ तथा फोहरापनि जडान गरिने महानगरपालिका प्रमुख सरावगीले जानकारी दिए ।