२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


संघीय सरकारविरुद्ध अदालत जाने मुख्यमन्त्री राउतको चेतावनी


0
Shares

जनकपुर, फागुन १९ । प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउतले प्रदेशको अधिकारका लागि संघीय सरकारविरुद्ध अदालतसम्म जाने चेतावनी दिएका छन् ।

जनकपुरधाममा आज आयोजित कार्यक्रममा उनले संविधानले चिन्दै नचिन्ने सीडीओलाई सुरक्षा संंयन्त्र चलाउने जिम्मा दिइएको आरोप लगाए । ‘संघीयता र प्रदेशलाई पंगु बनाउने कसैले सोचेको छ भने अरुलाई स्वीकार्य होला तर प्रदेश २ लाई स्वीकार्य हुँदैन,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले संघीयता बचाउन पुनः आन्दोलनमै जाने चेतावनी दिए ।

नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले देशमा संघीयता घोषणा भइसके पनि व्यवहारमा लागू नगरिएका कारण संघीयता धरापमा पर्ने अवस्था आएको जिकिर गरे ।