काठमाडौं, कात्तिक ९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकालाई धुवाँ–धुलोरहित बनाउने योजना रहेको बताएका छन् । नेपाल संवत् ११४० नयाँ वर्ष (न्हूदँ), दीपावली तथा छठ पर्वका अवसरमा नारायण परिवार क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंलाई हरित सहरकारुपमा विकास गर्ने काममा महानगर लागेको बताए । महानगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ…