मेलम्ची, असोज २५ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ । दसैं मनाउन गाउँ गएका यात्री राजधानी फर्कनेक्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा२ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर…