३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


जनप्रतिनिधिले अनियमितता गरेको स्थानीयको आरोप: ‘वडा अध्यक्षले सडक बिगारे’


0
Shares

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिकाका स्थानीयले जनप्रतिनिधिले नै विकासको नाममा सडक बिगारेको गुनासो गरेका छन् ।

वडा नम्बर–५ का वडा अध्यक्ष लइस पठानले ग्राभेल सडकलाई मर्मत गर्ने भन्दै बिगारेर अलपत्र छाडेपछि आफूहरु समस्यामा परेको स्थानीयको गुनासो छ ।

बजेटमा योजना नभए पनि वडा अध्यक्ष पठानले पछिल्लो तीन वर्ष यता मुडिला लोहरौली सडकको लागि बजेट बिनियोजन नगरी काम गर्ने र हिउँदे अधिवेशनमा बजेट संसोधन गरी खर्च देखाउने गरेको आरोप स्थानीयको छ ।

यशोधरा गाउँपालिकाको योजना शाखाले भने गाउँपालिकाको वडा नम्बर ५ को मुडिलादेखि लोहरौली जाने सडकस्तरोन्नतीको लागि उपभोक्ता समितिसँग कुनै सम्झौता नभएको जनाएको छ ।

ग्राभेल सडकमा खाल्डाखुल्डी भएर नागरिकलाई सास्ती भएको भन्दै आफ्नै लगानीमा सडकस्तरोन्नती गरेको दावी वडाध्यक्ष पठानको छ ।