Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते


65
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब १ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कारमा सवार पाँच जनामध्ये तीन जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।

घाइते हुनेमा भारतको बिहार राज्य, मधुबनी निवासी ३७ वर्षीया आशा देवी, ४० वर्षीया मनिका देवी तथा कार चालक बिहारको भगलपुर निवासी २८ वर्षीय सोनु रहेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This