५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सुनकोशीमा २ करोड ५ लाख बढीको खानेपानी योजना हस्तान्तरण


0
Shares

काठमाडौं । जापान सरकारको ‘पिस विन्ड्स जापान’ र नेपालको ‘आइएसएपी’को सहकार्यमा सिन्धुलाल्चोकको सुनकोशी गाउँपालिका–६ मा १ सय ७२ घर परिवारलाई खानेपानी योजना हस्तान्तरण गरिएको छ ।

‘खानेपानी पहुँच सुधार आयोजना’ अन्तर्गतको उक्त योजना २ करोड ५ लाख ८२ हजार रुपैंयाँमा ५२ वटा सामूदायिक धारा र १ सय ७२ घरमा धारा जडान गरिएको हो ।

१२ किलोमिटर टाढाको मूहानबाट ल्याइएको उक्त योजना गाउँपालिका अध्यक्ष विनोद जिसी, ‘आइएसएपी’ सिन्धुपाल्चोक प्रमुख रामकुमार थापा, ‘पिस विन्ड्स जापान’ एसियाका प्रतिनिधि युको यामामोटोलगायतको उपस्थितिमा आयोजना हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण समारोहमा उपभोक्ता समितिका अध्यक्ष प्रमोद लामाले गाउँमा खानेपानी आयोजना भित्र्याएर सहयोग गर्ने सम्बन्धित निकायका प्रतिनिधीलाई धन्यवाद तथा आभार व्यक्त गरे ।