काभ्रे । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो । वडा कार्यालयबाट सामग्री लुटेर चार वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन ।…