नेपालगञ्ज । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल…