
विराटनगर, फागुन २३ । प्रदेश नम्बर–१ सरकारले ‘कोरोना’ संक्रमितलाई छुट्टै स्थानमा राखी उपचारको प्रबन्ध मिलाउन ‘क्वारेन्टाइन’स्थल व्यवस्थित गर्ने भएको छ ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश–१ का कानुनमन्त्री तथा सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोनाविरुद्धको पूर्वतयारीका लागि मोरङ र उदयपुरमा एक हजार क्षमताको क्वारेन्टाइनस्थल व्यवस्थित गर्न लागिएको जानकारी दिए ।
प्रदेश सरकारले आवश्यक औषधि, खाद्यान्नलगायतका सामग्रीको अभाव हुन नदिन आवश्यक व्यवस्थापन गरिएको उनले आश्वस्त पारे ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने सरकारले कोरोनाविरुद्धको तयारी गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्