
दाङ, फागुन २३ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को रक्षाचौर मजुवा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।
वडा कार्यालय, मजुवाबाट बनहरीमा सार्न लागेको विरोध गर्दै स्थानीयले विगत पाँच दिनदेखि कार्यालयमा ताला लगाएका हुन् ।
तालाबन्दीका कारण कार्यालयका दैनिक कामकाज ठप्प भएको छ । वडा कार्यालय बनहरीमा सार्ने निर्णयलाई तत्काल स्थगित गर्नु पर्ने माग स्थानीयको छ ।
कार्यालयका भौतिक संरचनालाई खालि गर्ने र अर्को स्थानमा सारी नयाँ संरचना बनाउँदा बित्तीय खर्च र झण्झटिलो हुने स्थानीयको गुनासो छ ।
यता, तुलसीपुर उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख एवं प्रवक्ता सूर्यबहादुर डाँगीले भने वडा समितिले वडा कार्यालय सार्ने निर्णय गर्दैमा तत्काल वडा नसर्ने भन्दै कार्यालयको ताला खोल्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्