
बुटवल, फागुन १९ । ‘कोरोनाभाइरस’को त्रासमा प्रदेश नम्बर–५ सरकारले आउँदो वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सम्मेलनको मिति र अन्य विभिन्न तयारी गरेको भएपनि कोरोनाको त्रासले रोक्नुपरेको उनले बताए ।
सम्मेलनमा बाहिरी मुलुकका व्यक्तिहरु पनि आउने हुँदा सम्मेलन नै रोकिएको उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले मेला तथा भीडभाड नगर्ने निर्देशन दिएअनुरुप प्रदेश–५ का १२ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् मेला, महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि बन्द गर्ने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्