पोखरा, असोज १७ । गन्डकी प्रदेश सरकारले कुनैपनि कार्यक्रममा तीनजनाभन्दा बढी वक्ता नराख्ने र खादा तथा माला पनि नलगाउने निर्णय गरेको छ । गन्डकी मन्त्रिपरिषद्को १८औं बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक योजनामन्त्री रामशरण बस्नेतले शुक्रबार जानकारी दिए । प्रदेश सरकारका अधिकारीहरुलाई कार्यक्रममा डाक्दा कार्यक्रमको ढाँचासहित कम्तीमा तीन दिनअघि जानकारी दिनुपर्ने निर्णय पनि…