ईमेज समाचार प्रभाव : नगरपालिकाले हटायो फोहर • Image Khabar Image Khabar


ईमेज समाचार प्रभाव : नगरपालिकाले हटायो फोहर


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार १२:०३

ईमेज समाचार प्रभाव : नगरपालिकाले हटायो फोहर

कञ्चनपुर, असोज १६ । नगर परिसरमा फोहर थुपारिएको विषयमा इमेज च्यानलले रिपोर्ट प्रसारण गरेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहर हटाएको छ ।

इमेज च्यानलले गत आइतबार ‘भीमदत्त नगरपालिकामा फोहर व्यवस्थापन हुन सकेनः कार्यालय परिसरमै डम्पिङ् साइट’ शीर्षकमा रिपोर्ट प्रसारण गरेको थियो । रिपोर्ट प्रसारण भएपछि नगरपालिकाले सफाइमा ध्यान दिँदै फोहर हटाएको छ ।

स्थानीय र कर्मचारीलेसमेत फोहर हटाउन आग्रह गरे पनि अटेरी गर्दै आएको नगरपालिकाले रिपोर्ट प्रसारण भएपछि भने फोहर हटाएको हो । दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले आफ्नै परिसरलाई डम्पिङ साइटको रुपमा प्रयोग गर्दै आएको थियो ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक १ करोड रुपैयाँ बढी खर्च गर्ने गरेको छ । यस्तै एडीबीले ५७ करोड रुपैयाँ छुट्याए पनि हालसम्म ‘ल्याण्ड फिल्ड’को व्यवस्थापन गर्न नसक्दा अस्थायी रुपमा व्यस्थापन गर्नु परेको हो । यसले गर्दा कहिले स्थानीयको जमिन त कहिले नगरपरिसरमा फोहर व्यस्थापन गर्दा नगरबासीले सास्ती खेप्दै आएका छन् ।

यो पनि हेर्नुहोस्

भीमदत्त नगरमा फोहोर व्यवस्थापन हुन सकेन, कार्यालय परिसर नै डम्पिङ साइट 

प्रतिक्रिया दिनुहोस्