
रुकुम, असोज १३ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
अज्ञात समूहले वडा कार्यालयमा लगाएको ताला र चुकुल फोडेर सरसामान नस्ट गरेको वडासचिव सर्पु मल्लले जानकारी दिए ।
तोडफोडबाट कार्यालयको कुर्सी, बेन्च, कागजातमा क्षति भएको छ ।
कार्यालय तोडफोड गर्ने समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्