Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


वडाध्यक्षको निधन

भद्रपुर, पुस १६ । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मंगलबार साँझ बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनको बुधबारै देउनिया खोलामा दाहसंस्कार गरिएको छ । रासस