विराटनगर, वैशाख ३ । प्रदेश नम्बर–१ सरकारले ‘लकडाउन’का कारण अवरुद्ध आयोजनाहरुको काम अघि बढाउने तयारी गरेको छ ।
मुख्यमन्त्री शेरधन राईले प्रदेशस्तरीय योजना र बजेट तथा कार्याक्रम तर्जुमा दिग्दर्शन २०७६ बुझ्दै प्रदेशमा सञ्चालित अतिआवश्यक आयोजनाहरु स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सामाजिक दूरी कायम गरी ती र त्यस्ताखालका आयोजनाको कामलाई सुचारु गर्न प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि दिए ।










प्रतिक्रिया दिनुहोस्