२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कार्यक्रममा तीनभन्दा बढी वक्ता नराख्ने र खादा–माला नलगाउने गन्डकी सरकारको निर्णय


0
Shares

पोखरा, असोज १७ । गन्डकी प्रदेश सरकारले कुनैपनि कार्यक्रममा तीनजनाभन्दा बढी वक्ता नराख्ने र खादा तथा माला पनि नलगाउने निर्णय गरेको छ ।

गन्डकी मन्त्रिपरिषद्को १८औं बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक योजनामन्त्री रामशरण बस्नेतले शुक्रबार जानकारी दिए ।

प्रदेश सरकारका अधिकारीहरुलाई कार्यक्रममा डाक्दा कार्यक्रमको ढाँचासहित कम्तीमा तीन दिनअघि जानकारी दिनुपर्ने निर्णय पनि गरिएको छ ।

बैठकले नवलपुर सदरमुकाम कावासोतीबाट सवारी–साधनको लाइन्सेन्स वितरण गर्ने व्यवस्थासमेत गरेको छ ।

यस्तै, पोखरामा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग माग गरिएको छ ।