रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएको हो ।
उहाँ बाँफिकोट गाउँपालिका –५ स्थित रत्न आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक तारापति पुरीको श्रीमती हुनुहुन्छ ।
स्थानीय रामप्रसाद केसीका अनुसार घरबाट घाँस काट्न गएको बेला भीरबाट आएको ढुङ्गा टाउकोमा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय कयारमेला भन्ने स्थानमा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर उहाँलाई लागेको थियो । यस स्थानमा यस अघि पनि ढुङ्गा लागेर स्थानीयको ज्यान गएको थियो ।










प्रतिक्रिया दिनुहोस्