काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानमाथि अझ कडा र घातक सैन्य आक्रमण गर्ने घोषणा गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिँदै अमेरिकी सेनाले ठूलो कारबाही गर्ने बताएका हुन् । साथै, निकट भविष्यमै इरानको तेल र ग्यास बजारमाथि नियन्त्रण गर्ने दाबी पनि गरेका छन् ।
यसअघि अमेरिकी आक्रमणबाट इरानको नौ सेना, वायुसेना तथा रडार प्रणाली नष्ट भइसकेको दाबी वासिङ्टनले दोहोर्याएको छ ।
हालै इरानले पनि अमेरिकी सैन्य अड्डाहरूलाई मिसाइल प्रहार गरेको र दुवै पक्षबीच लगातार आक्रमण भइरहेको अवस्थामा सम्भावित कूटनीतिक सहमति र युद्धविरामको आशा कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषण छ ।










प्रतिक्रिया दिनुहोस्