Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


निःशुल्क बेड कागजमै सीमित (भिडियाे रिपाेर्ट)


65
Shares

विराज रोस्यारा, कैलाली ।
ले विपन्न र असहाय नागरिकका लागि अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्ने नीति ल्याएको वर्षौँ भइसक्यो। तर, सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन। सरकारी अस्पतालले नियम धान्न खोजे पनि निजी अस्पतालले भने यसलाई पुरै बेवास्ता गरिरहेका छन्।

विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गरी ल्याइएको निःशुल्क बेड कार्यक्रम सुदूरपश्चिममा नारामा मात्रै सीमित देखिएको छ। देशभरका १ सय ५२ अस्पतालमा ३ हजार ४ सय ६ निःशुल्क बेड तोकिए पनि प्रचारप्रसार र समन्वयको अभावमा ३ हजार १ सय ५४ बेड सधैँ खाली रहन्छन्। सरकारी अस्पतालहरूले क्षमताभन्दा बढी सेवा दिएको दाबी गरे पनि निजी अस्पतालले भने कानुनको धज्जी उडाइरहेका छन्।

सरकारले २०७७ सालमै ऐन संशोधन गरेर सरकारी, निजी तथा गैरसरकारी अस्पतालले कुल बेडको १० प्रतिशत विपन्नलाई निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको थियो। तर, सुदूरपश्चिमकै प्रमुख रेफरल अस्पताल ‘सेती प्रादेशिक अस्पताल’ मा दैनिक साढे दुई हजारसम्म बिरामी पुग्ने गरे पनि विपन्नले सहजै सेवा पाउन सकेका छैनन्।