२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पर्यटन प्रवद्र्धनका लागि अन्तर प्रदेश भ्रमण : गण्डकी सक्रिय


0
Shares

प्रदिप पौडेल/ईमेज

नारायणगढ। पर्यटन प्रवद्र्धनका लागि भन्दै अन्तर प्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले प्रदेश ५ र प्रदेश ३ मा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।

दुवै प्रदेशमा भएको अन्तरक्रियामा सहभागीहरुले देशमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न प्रदेश र स्थानीय निकायवीच सहकार्यको खाँचो औंल्याएका छन ।

साथै वक्ताहरुले आफ्नो देशमा रहेको पर्यटनको गन्तव्यको प्रचार प्रसार नभएको समेत बताएका छन । भ्रमण टोलीले शनिबार चितवनमा अन्तरक्रिया ग¥यो ।

कार्यक्रममा बोल्दै टोली प्रमुख तथा गण्डकी प्रदेश उद्योग, पर्यटन तथा वन बाताबरण मन्त्री विकास लम्सालले सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक पर्यटन बर्षको रुपमा अगाडि सारेको जानकारी गराउदै यसमा चितवनका संघसस्थाको सहयोगको अपेक्षा गरे ।

प्रदेशले आन्तरिक पर्यटनलाई विभिन्न कुरामा सुविधा दिएको जानकारी गराउँदै पर्यटन व्यावसायीले यसलाई  प्याकेजको रुपमा उपयोग गर्न सक्ने बताए ।

भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरीले गण्डकी प्रदेशसंग सहकार्य गरेर दुर्व प्रदेशले पर्यटनबाट लाभ लिन सक्ने बताइन् ।

पर्यटन बर्ष २०२० को लक्ष्य पुरा गर्नका लागि समेत पोखरा र भरतपुर जस्ता सहरले सहकार्य आवश्यक रहेको ठकुरीको भनाई थियो ।

भ्रमण बर्ष २०१९‐२२ संयोजक जुद्ध गुरुङले सरकारबाट सरकार (जिटुजी), व्यावसायी बाट व्यावसाही (बिटुबी) र ग्राहकबाट ग्राहक (सिटुसी) अवधारणाका साथ मिसनमा लागेको जानकारी गराए ।

उद्योग बाणिज्य संघ चित्तवनको अध्यक्ष सहन लाल प्रधानले गण्डकी प्रदेशले थालेको अभियानको सिको प्रदेश ३ ले समेत गर्नुपर्ने बताए ।

बार्षिक ६९ अर्व रुपैया नेपालीले विदेश भ्रमणका लागि खर्च गर्ने गरेको तथ्याङक दिदै यो रकमलाई नेपालमै सदुपयोग गर्ने अवसर पर्यटन क्षेत्रका लागि रहेको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले प्रिभिलेज कार्डको माध्यामबाट पर्यटक आकर्षित गर्न योजनामा रहेको बताए ।

उनले होटलमा, रेष्टुरेण्टमा, ट्रेकिङ, ट्राभल्समा १० देखि २० प्रतिशतसम्म प्रिभिलेज कार्डबाट सहुलियत दिइने जानकारी गराए ।

बुटवलमा जिटुजी

गण्डकी प्रदेश र प्रदेश पाँचवीच बुटवलमा जिटु जी (गभरमेण्ट टु गभरमेण्ट) कार्यक्रम गरिएको छ ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा बताबरण मन्त्री लिला गिरीलाई उनका गण्डकी प्रदेश समकक्षी विकास लम्सालले प्रदेशका पर्यटकीय गन्तव्यको तस्वीर हस्तारण गरेर प्रदेश भ्रमणका लागि निम्ता दिएका थिए ।

उनले पोखरा र लुम्विनीलाई पर्यटनको माध्यामबाट जोड्न इच्छुक रहेको समेत बताएका थिए । जवाफमा प्रदेश ५ का समकक्षी गिरीले पर्यटनमा सहकार्य गर्नसके यसको लाभ दुवै प्रदेशलाई हुने बताए ।

लुम्विनी र पोखरावीच पर्यटनको माध्यामबाट अन्तरसम्वन्ध जोड्न आपुहरु तयार रहेको उनको भनाई थियो ।

बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले लुम्विनीदेखि मुक्तिनाथसम्मको पदयात्राका नया अवाधारणालाई मुर्तरुप दिन सकिए यसले धेरै रोजगारी सिर्जना गर्न सकिने बताए ।

फोटोबाट झल्को

अन्तर भ्रमण कार्यक्रम अन्तर्गतको पर्यटकीय गन्तव्यको फोटो प्रर्दशनीमा स्थानीयहरुले बढी रुचि देखाएका छन् ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी र नेपाल फोटो पत्रकार संघ कास्कीको संयोजनमा भैरहेको प्रर्दशनीमा ५० वटा फोटोहरु समावेश छन ।

गण्डकी प्रदेश अध्यक्ष राम गुरुङका अनुसार उत्तरको लामाङथाङ देखि तराईको नवलपुरसम्मका फोटोहरु भ्रमण टोलीले प्रर्दशन गरिरहेको छ ।

गण्डकी प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरुको झलक एकै ठाउबाट लिन सकिएकाले पनि यसमा स्थानीयको चासो बढेको हो ।

प्रर्दशनीमा राखिएका फोटोहरु हिमाल, ताल, सहर, सस्कृति, संस्कार, बन्यजन्तु लगायतका क्षेत्रहरु समेटिएका छन ।

आइतबार वीरगंजमा भ्रमण टोलीले वीरगंज र हेटौडामा सरोकारवाला निकायसंग छलफल गरेको छ ।

सोमबार विराटनगर कार्यक्रम गरेरपछि टोली काठमाडौ पुग्नेछ ।

काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएपछि कार्यक्रम समापन हुनेछ ।