चौदण्डीगढी नगरले सुरु गर्‍यो नमूना शिक्षा कार्यक्रम • Image Khabar Image Khabar


चौदण्डीगढी नगरले सुरु गर्‍यो नमूना शिक्षा कार्यक्रम


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार १७:३५

चौदण्डीगढी नगरले सुरु गर्‍यो नमूना शिक्षा कार्यक्रम

-केदार कटुवाल/ईमेज

उदयपुर । बिद्यालय शिक्षाको गुणस्तर सुधार्न चौदण्डीगढी नगरपालिकाले नमुना कार्यक्रमहरु संचालन गरेको छ ।

विद्यार्थी,  शिक्षक ,अभिभावक तथा भौतिक सुधारका लागि जिल्लाकै सबै स्थानीय तहभन्दा धेरै बजेट बिनियोजन गरेको र नमुना कार्यक्रम संचालन गरेको हो ।

४८ सामुदायिक र २२ वटा संस्थागत विद्यालय रहेको चौदण्डीगढी नगरमा शिक्षा बिकासका लागि पाँच करोड भन्दा बढी रकम आर्थिक बर्ष २०७६र/७७ लागि बिनियोजन गरिएको छ ।

नगरपालिकाले बालबिकास कक्षा पढाउने सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ताको कार्यक्रम अनुसार मासिक २ हजार थप गरेको छ ।

विद्यालय सहयोगीका लागि कक्षा १–३ र १–५ सम्म संचालित विद्यालयका कार्यलय सहायकलाई  २ हजार ५ सय,आधारभुत १–८ विद्यालयका सहयोगीलाई दुई हजार र माध्यमिक विद्यालयका सहायक कर्मचारीलाइ मासिक एक हजार थप गरिएको नगरले जानकारी दिएको छ ।

शिक्षक दरबन्दी कम तथा विद्यार्थी संख्या बढी भएकाा विद्यालयहरुका लागि स्तर अनुसारको अर्थात नेपाल सरकारले तोकेअनुसारको एकमुष्ट रकम अनुदान, शिक्षक तथा अध्यापन सामाग्री ब्यबस्थापनका लागि थप शैक्षिक सामाग्री सपोर्ट कार्यक्रम निरन्तर संचालनमा ल्याएको नगरप्रमुख खगेन्द्र राईले बताए ।

विद्यार्थीमा अन्तरनिहित प्रतिभा पहिचान, निरन्तर मुल्याङ्कन अभीमुखिकरण, उत्कृष्ट छात्र छात्राा तथा शिक्षक पुरस्कृत जस्ता कार्यक्रमले शैक्षिक बिकासमा महत्वपुर्ण भुमिका  निर्बाह गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरले बताए ।

विद्यालयमा बिपद ब्यबस्थापन पुर्व तयारी ,सरसफाइ तथा पर्याबरण बिकास शिक्षण सहयोग कार्यक्रम बालबिकास शिक्षकको क्षमता बिकास तालिम, बाल क्लब क्षमता तथा नेतृत्व बिकास तालिम, बिषयगत शिक्षक तालिम ,अभिभाक शिक्षा तालिमले शैक्षिक गुणस्तर सुधार्न महत्वपुर्ण भुमिका निर्बाह गरेको शिक्षाबिज्ञ राजकुमार ओझाले जानकारी दिए ।

अंग्रेजी शिक्षाप्रति अभिभावकको मोह बढ्दै जानु सामुदायिक विद्यालयको अवस्था खस्कदै गएकाले सामुदायिक विद्यालयमा अग्रेजी माध्यममा पठनपाठन संचालन गर्ने विद्यालयलाई १–५ कक्षाका पाठ्यपुस्तकमा ५० प्रतिशत अनुदान र आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आधारभूत तह बिपन्न बर्गलार्इ भोकका कारणले विद्यालय जानबाट बन्चित बनेका बालबालिकाका लागि दैनिक १५ रुपैयाँको खाजा, स्टेशनरी तथा शैक्षिक सामाग्री, प्रत्येक वडामा १–१ नमुना विद्यालय छनौट तथा पुरस्कृत गर्ने ब्यबस्था, बालकक्षा संचालन नभएकाको बालबालिका शिक्षकका लागि मासिक ८ हजारका दरले अनुदान ,भौतिक ब्यबस्थापन तर्फ शौचालय मर्मत , खानेपानी र घेराबेराका लागि प्रस्तावना पत्र, प्राबिधिक ईस्टिमेट डिजाइन १० लाखसम्म निकासा पाउने ब्यवस्था मिलाएको छ ।

चौदण्डीगढी नगरले सुरु गर्‍यो नमूना शिक्षा कार्यक्रम

यसैबर्ष यी सुबिधा पाउनेमा कौवैदेवी आधारभूत विद्यालय, जलेश्वरी  विद्यालय, महादेवेश्वर विद्यालय, कालिका माबि लगायत १० वटा विद्यालयलाई ७५ लाख रुपैंयाँ रकम उपलब्ध गराइएको नगर प्रमुख राईले बताए ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको बार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको आधारमा त्यस्ता विद्यालयमा विद्यार्थी तथा बिषयगत शिक्षकलाई  पुरस्कृत गर्ने कार्यक्रम रहेको शिक्षा शाखाकी प्रमुख शिबकुमारी राउतले बताइन ।

शिक्षाको पहुँच बिस्तारका लागि अपाङ्गता, द्वन्द पीडित तथा टुहुरा बालबालिकाका लागि बस्तीमै कपडा, खाजासहित आधारभूत शिक्षाको ब्यबस्थापनका लागि लगत लिने कार्य सम्पन्न भएको र यसै महिनादेखि कार्यक्रम संचालन हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिइन ।

शिक्षक कर्मचारी नियमितताको लागि ईलेक्ट्रोनिक हाजिरी, सीसी क्यामेरा मेसिन खरिद गरी हस्तान्तरण गरिएको र त्यसको सफ्टवेयर लिङ्क शिक्षा युवा तथा खेलकुद शाखामा राख्ने ब्यबस्था गरिएको सामाजिक बिकासका प्रमुख पर्शुराम राईले बताए ।

नगरपालिकामा संचालित प्राबिधिक धारका नारद आदर्श माबि, आम्साल तथा शिवाइमा लक्षित बर्ग र बिपन्न टुहुरा ,अपाङ्गता र द्वन्द पीडित बालबालिकालाइ ,छात्रबृत्ति ,आवासको ब्यबस्था गरी प्रोत्साहित गरिएको र ज्योति माबि बेलटारमा कृषि तथा पशु विज्ञानमा डिप्लोमा सम्मको अध्ययन  सुरु गरिने प्रमुख राईले बताए ।

हरेक विद्यालयलाई इन्टरनेट ,प्रोजेक्टर, स्ममार्ट बोर्ड सहितको स्मार्ट कक्षा संचालनका लागि गत बर्ष प्रधानाध्यापकहरुलाई देशका उत्कृष्ट विद्यालयको शैक्षिक भ्रमण गराइ संचालनमा ल्याइएको प्रमुख राइले बताए । शिक्षा बिकासमा नगरको महत्वाकांक्षी योजनाले दिगो बिकास बिकासमा कोषेढुङ्गा साबित हुने शिक्षाका जानकारहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्