भ्रमण वर्षको प्रचारमा गण्डकी प्रदेश सरकार जिल्ला जिल्लामा • Image Khabar Image Khabar


भ्रमण वर्षको प्रचारमा गण्डकी प्रदेश सरकार जिल्ला जिल्लामा


Imagekhabar
११ आश्विन २०७६, शनिबार १६:२०

भ्रमण वर्षको प्रचारमा गण्डकी प्रदेश सरकार जिल्ला जिल्लामा

बुटवल । आन्तरिक भ्रमण वर्ष २०१९/०२२ लाई सफल बनाउन गण्डकी प्रदेश सरकारको टोली प्रदेश ५ का जिल्लाहरुमा पुगेको छ ।

विभिन्न जिल्लामा भ्रमण वर्षको निम्तो बाँड्दै प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली शनिबार बुटवल पुगेको हो ।

बुटवलमा मन्त्री विकास लम्सालसहितको टोलीले प्रदेश ५ का मन्त्री लिला गिरीलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले सांस्कृतिक र प्राकृतिक सम्पदाको व्यापाक प्रचार प्रसार गरी पर्यटनबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे ।

अन्तक्र्रियमा मन्त्री लम्सालले गण्डकी प्रदेशले काठमाडौ, लुम्बिनी र पोखरालाई पर्यटकीय क्षेत्रबाट जोड्ने गरी बृहत्तर गुरुयोजना बनाएर अगाडि बढेको बताए । 

प्रतिक्रिया दिनुहोस्