दैलेख, असार १२ । दैलेखमा सुरक्षाकर्माी, स्वास्थ्यकर्मी र स्थानीयतहका कर्मचारी गरि ४३ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखका ११ वटै स्थानीय तहमा गरी कोरोना संक्रमितको संख्या ७ सय ६५ पुगेको छ । तीमध्ये ३ सय ६१ जना डिस्चार्ज भइसकेका छन् ।