
बारा, असार १२ । अनियमितता र भ्रष्टाचारको विषयमा कार्यपालिकाभित्रै चरम विवाद बढेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट नगरसभा अनिश्चित बनेको छ ।
वडाध्यक्ष र कार्यपालिका सदस्यहरुहरुले हरहिसाब र बिल भौचर देखाउन माग गरेकोमा मेयरले अटेरी गरेकाले नगरसभा अनिश्चित बनेको हो ।
वडाध्यक्षहरुले बजेटको अभिलेखीकरणको रातो किताब प्रकाशन नगर्नुको पछाडी भ्रष्टाचार व्यापक भएको र आफ्नालाई जथाभावी योजना बाँड्ने प्रवृति नगर प्रमुखमा हाबी भएको आरोप लगाउँदै आएका छन् ।
वडाध्यक्षहरुले भने हिसाब नबुझाए नगरवासीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्