काठमाडाैं । मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । शनिबार त्यस क्षेत्रमा पानी परेको थियो । जिल्ला प्रशासन कार्यालय इलामले जोखिमयुक्त यो सडक खण्डमा लेदोसहित पहिरो झर्ने र गाडीको आवागमन बन्द हुने समस्या पटक-पटक हुँदै आएको जनाएकाे हाे ।
पहिरो पन्छाउने काम भइरहेको जनाइएकाे छ। त्यस्तै, मेची राजमार्गको रोङ गाउँपालिका–४ इलाम–झापा सीमा क्षेत्रमा ढिस्को र दुई वटा रूख ढलेर सडक अवरुद्ध भएकाे हाे। बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
सडक खण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्