कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि • Image Khabar Image Khabar


कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि


Imagekhabar
१२ असार २०७७, शुक्रबार १८:१४

कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि

सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् ।

यस्तै दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै काठमाण्डौं र जुम्लाका १÷१ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।

शुक्रबारसम्म कर्णालीमा संक्रमितको संख्या १ हजार ४ सय ३३ जना पुगेको छ ।

कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्