काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अगामी स्थानीय तह निर्वाचनमा ७ सय ५३ मध्ये १ सय स्थानीय तहको प्रमुख वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने संकल्प गर्नुभएको छ ।
सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो संकल्प गरेको बताउनुभएको हो । यसका लागि पार्टी केन्द्रीय कार्यालयमा इलेक्सन ब्यूरो बनाउने सभापति थापाको भनाइ छ । उहाँकाअनुसार उक्त ब्यूरोले उम्मेदवार चयन गर्नेछ ।
उहाँले महाधिवेशन सकिएलगत्तै लिडरसिप एकेडेमी शुरु गर्ने समेत बताउनु भयो । उहाँले अगामी निर्वाचनमा लिडरसिप एकेडेमीको कोर्स पूरा गरेका व्यक्ति मात्रै उम्मेदवार बन्न पाउने बताउनुभयो । सभापति थापाले काँग्रेस कार्यालयलाई टिकट बाँडफाँड गर्ने कार्यालय नभई ज्ञान निर्माणको थलो बनाइने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसको कार्यालय अब टिकट बाँड्ने, टिकट लिने कार्यालय हैन काँग्रेसको कार्यालहरु अब ज्ञान निर्माण गर्ने थलो हुनुपर्छ । नागरिकको विषयहरुमाथि छलफल गर्ने केन्द्र बन्नुपर्छ भन्ने प्रश्ताव मैले यहाँ गरेको छु । अब पार्टीको संरचना पनि परिवर्तन हुन्छ ।
केन्द्रीय कार्यालय रहन्छ । त्यहाँ एउटा संरचना रहन्छ इलेक्सन ब्यूरो । त्यसले के गर्छ, जस्तो मैले यो यचो पटक एउटा संकल्प गरेको छु कि ७ सय ५३ पालिकामध्ये कम्तिमा पनि सय वटा पालिकामा मेयर वा अध्यक्ष महिलालाई बनाउनुपर्छ । त्यो पूरा गर्नको लागि इलेक्सन ब्यूरोले काम गर्छ ।’ सभापति थापाले पार्टी संरचना, अगामी ४ वर्षको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन जारी महाधिवेशनको बन्दसत्रमा प्रश्तुत गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्