सुदुरपश्चिममा २ सय ४४ जना कोरोना जितेर घर फर्के • Image Khabar Image Khabar


सुदुरपश्चिममा २ सय ४४ जना कोरोना जितेर घर फर्के


Imagekhabar
१२ असार २०७७, शुक्रबार १०:४८

सुदुरपश्चिममा २ सय ४४ जना कोरोना जितेर घर फर्के

कैलाली । सुदुरपश्चिममा हालसम्म २ सय ४४ जना डिस्चार्ज भएका छन् । संक्रमित र शंकास्पद गरी ५ सय २८ जना डिस्चार्ज भएकोमा त्यसमा २ सय ४४ जना कोरोना संक्रमित रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट संक्रमित ६८ जना एकै दिन डिस्चार्ज भएका हुन् । कञ्चनपुर र डडेल्धुरावाट २५÷२५ जना घर फर्केका छन् ।

त्यसैगरी कैलालीबाट १२ जना, डोटीबाट ५ जना र वाजुराबाट एक जना डिस्चार्ज भएर घर फर्किएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदुरपश्चिममा संक्रमितको संख्या एक हजार ६ सय ६७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्