Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोशीका मन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । अधिकारीले मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेको थियो । उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउनु भएको हो । अधिकारीले जापान भ्रमण गरेको विषयमा विवाद भएपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीको भनाइ छ ।