काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
अधिकारीले मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेको थियो । उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउनु भएको हो ।
अधिकारीले जापान भ्रमण गरेको विषयमा विवाद भएपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्