२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


प्रधानमन्त्री ओली अस्वस्थ


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । उहाँलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएकाले भेटघाट कार्यक्रम स्थगित गरिएको र उहाँको स्वास्थ्य परीक्षणको काम भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनु भएको बताइएको छ ।