काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले डिजिटल अर्थतन्त्रका क्षेत्रमा सरकारले उच्च महत्वाकाङ्क्षा राख्दै निजी क्षेत्रको क्षमता र विज्ञतामाथि…